तेस्रो लगानी सम्मेलनः सोकेसमा चन्द्रागिरि-चितवन एक्सप्रेस-वे सँगै थानकोट-चित्लाङ सुरुङपनि

Thankot Times

थानकोट ।

आगामी बैशाख १६ र १७ गते काठमाडाैंमा आयोजना हुने लगानी सम्मेलनका लागि १३५ वटा परियोजना प्रस्तुत गरिने भएको छ । 

सम्मेलनका लागि विभिन्न मन्त्रालयहरूले १ सय २८ र निजी क्षेत्रले ७ वटा परियोजना प्रस्तुत गर्नेगरी सूची तयार पारिएको हो। 

लगानी बोर्डले सम्मेलन निर्देशक समितिको चौथो बैठकमा परियोजनाहरू प्रस्तुत गरेको छ। अर्थमन्त्रीसहित बसेको निर्देशक समितिको बैठकमा १ सय ३५ परियोजना तयार पारिएको हो।

बोर्डले तयार पारेको परियोजनामा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरू पनि राखिएका छन्।

सम्मेलनका लागि ‘मार्केट साउन्डडिङ’ का लागि ११ परियोजना तयार पारिएको छ। चन्द्रगिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वे तथा थानकोट-चित्लाङ सुरुङ मार्गसमेत समेटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *