पिपलामोडमा सवारी दुर्घटना, ३४ वर्षीय चालकको ज्यान गयो

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगरपालिका-२ पिपलामोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

प्रहरी वृत्त थानकोटका अनुसार पिपलामोड नजिकै ढलान सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको थियो ।

सो क्रममा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३४ वर्षीय ज्ञान कुमार राईको गम्भीर घाइते भएका थिए । 

राईको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *