नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने

Thankot Times

थानकोट ।

नेपाली महिला क्रिकेट टिम एसिया कप खेल्ने भएको छ ।

मंगलबार एसियाली क्रिकेट काउन्सिल (एसीसी)  ले आगामी महिला एसिया कप-२०२४ को घोषणा गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ ।

महिला एसिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।

प्रतियोगिताको यो संस्करणमा आठ देश सहभागी हुनेछन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एसिया कप खेल्न दिने निर्णय गरको हो ।

एसीसीले क्रिकेटमा समावेशिता र समानताका लागि महिला एसिया कप-२०२४ ले सबै महिला रेफ्री र अम्पायरहरू हुने परम्परालाई निरन्तरता दिने बताएको छ ।

एसिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल, भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्नेछ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *