नेपाल ए र आयरल्याण्ड वोल्भ्स बीचको पहिलो टी-२० खेल आज

Thankot Times

थानकोट ।

 नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड वोल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दैछ ।

टियु मैदानमा हुने यो खेल अपरान्ह एक बजेदेखि शुरु हुँदैछ । 

नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *