निरन्तरको वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल रद्द

Thankot Times

थानकोट ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल रद्द भएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय थियो । तर, गए रातिदेखि पानी परेपछि मैदान ओसिलो रहेका कारण खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आयरल्यान्ड वुल्भ्स पाँच ट्वान्टी-२० र तीन एकदिवसीय खेलको शृंखलाका लागि हाल नेपाल भ्रमणमा छ ।

जसमध्ये आयरल्यान्ड वुल्भ्सले यसअघिका दुई ट्वान्टी-२० खेल नेपालको सिनियर टिमसँग खेले पनि दुवैमा हार व्यहोरेको थियो ।

नेपाल ‘ए’ र वुल्भ्सबीचको दोस्रो टी-२० खेल भोलि शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *