तेस्रो ब्राइट फ्यूचर एसइइ फुटसल बैशाख ४ गतेदेखि, विजेतालाई नगद ३५ हजार पुरस्कार

Thankot Times

थानकोट ।

तेस्रो ब्राइट फ्यूचर एसइइ कप फुटसल प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि सुरु हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट फ्यूचर माविको एरिनामा सञ्चानल हुने प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ तथा दोश्रो हुनेले २० हजार रुपैयाँ हात पार्ने आयोजक ब्राइट फ्यूचर माविले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा-२०८० मा सम्मिलित परीक्षार्थी मात्र सहभागी हुन पाउने प्रतियोगिताको व्यक्तिगत विधातर्फका उत्कृष्ठ खेलाडीहरूले समेत नगद पुरस्कार पाउने विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि २०८१ बैशाख २ गतेसम्म फाराम बुझाउनुपर्नेछ ।

प्रतियोगिताका बारेमा थप जानकारी केही दिनमै सार्वजनिक हुने विद्यालयको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *