स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित नागढुङ्गा नाकामा समातिए २ जना युवा

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले नागढुङ्गा नाकाबाट अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसव श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने स्रोत नखुलेको लाखौँ रुपैयाँसहित समातिएका हुन् ।

प्रहरीले लु.२ ख. ४५३५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार रिसवको साथबाट प्रहरीले साढे १८ लाख रुपैयाँ नगद बरामद गरेको बताइएको छ ।

अनुसन्धानको क्रममा उक्त रकम काठमाडौंमा रहेका देवेन्द्रलाई पुर्याइदिन उनलाई भरियाका रुपमा प्रयोग गरिएको खुल्न आएको छ ।

शनिबार पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *