चिसापानीस्थित चण्डीभैरव माविमा विज्ञान शिक्षण शिक्षक माग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०२ वाडभञ्ज्याङ चिसापानीस्थित चण्डीभैरव माविले विज्ञान विषय शिक्षण शिक्षक माग गरेको छ ।

विद्यालयले चैत्र १९ गते सूचना जारी गर्दै निम्न माध्यमिक तहमा विज्ञान विषय शिक्षण शिक्षक माग गरेको हो ।

राहत दरबन्दी कोटामा पदपूर्ति हुने सो पदमा विज्ञान विषयमा दश जोड २ वा सो सरह उत्तीर्ण व्यक्ति दरखास्त पेश गर्न योग्य रहने विद्यालयले जनाएको छ ।

योग्य उम्मेदवारले २०८१ बैशाख ३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *