सतुंगलमा च्याम्पियन अफ च्याम्पियन दोश्रो कराँते खेलकुद प्रतियोगिता हुने
थानकोट ।
नेपाल सितोरियो कराँते डो संघ, सतुगंल डोजो र गणेशमान सिंह फाउण्डेशनको आयोजनामा तीन दिने कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ ।
चैत्र २३ गते सुरु हुने गणेशमान सिंह स्मृति फाउण्डेशन च्याम्पियन अफ च्याम्पियन दोश्रो कराँते खेलकुद प्रतियोगिता चैत्र २५ गते समापन हुने नेपाल सितोरियो कराँते डो संघ, सतुगंल डोजोका सचिव राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गतका सबै स्पर्धाहरू चन्द्रागिरि नगरपालिका सतुगंलस्थित लाछीमा सञ्चालन हुने बताइएको छ ।














