नागढुङ्गाबाट यसकारण समातिए २० वर्षीय विनय

Thankot Times

थानकोट ।

 चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८२ ट्याबलेटसहित चितवन खैरहनी नगरपालिका-९ बस्ने २० वर्षीय बिनय चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.६ ख ८५७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

बिनयमाथि थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *