नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज

Thankot Times

थानकोट ।

नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ।

एकदिवसीय सिरिजको पहिलो खेलमा नमिठो हार ब्यहोरेको नेपाल आजको खेल जितेर अंक बराबरी पार्ने लक्ष्यमा हुनेछ।

पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएपनि नेपाल २५.३ ओभरमा १३६ रनमात्रै बनाएर अल आउट भएको थियो।

आजको खेलमा नेपाल पराजित भए सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना जिवित रहन्छ भने पराजित भएको खण्डमा एक खेल बाँकी छँदै नेपालले सिरिज गुमाउनेछ।

यसअघि टी-२० सिरिजको अन्तिम खेलमा नेपाल १-२ ले पराजित भएको थियो।

एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ। एकदिवसीय सिरिजको कप्तानी पनि विनोद भण्डारीले गरेका छन्।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *