एक दिवसीय सिरिज: नेपाल ‘ए’ काे लज्जास्पद हार, नेपाली टाेली ६० रनमा अलआउट
थानकोट ।
आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ सामू सहज जित हात पारेको छ।
लज्जास्पद ब्याटिङसँगै नेपाल ए ले आयरल्यान्ड ए सँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार ब्यहाेरेकाे छ।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६(६ रनमा आउट भए ।
नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनम अल आउट भएको थियो । उक्त खेलमा म्याथ्यु हम्फ्रेजले ६ विकेट लिएका थिए । अन्तिम नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आइतबार हुनेछ ।













