लागूऔषधसहित नागढुङ्गा नाकाबाट समातिए २३ वर्षीय धीरज

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ ६८ ग्राम ५० मिलिग्रामसहित एक युवा पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिरहा मिर्चैया नगरपालिका-५ बस्ने २३ वर्षीय धिरज कुमार साहलाई आइतबार बिहान प्रहरीले नागढुङ्गा नाकाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरी टोलीले बा. प्र. ०३-००१ ख.२७२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी साहलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *