एसीसी प्रिमियर कप: दीपेन्द्रसिंहले बनाए कीर्तिमान, कतारविरुद्ध अन्तिम ओभरमा ६ छक्का

Thankot Times

थानको ट। 

ओमनमा जारी एसीसी प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेपछि नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो ।

उनले २१ बलमा ६४ रनको पारी खेले ।

नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । 

दीपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका पाँचाैं खेलाडी बनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *