एसीसी प्रिमियर कप: आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै

Thankot Times

थानकोट ।

ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ ।

स्थानीय अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । 

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपाल आजको खेल जित्दै समुह चरणमा शतप्रतिशत नतिजाका लागि खेल्नेछ । 

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जित्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्ने प्रयासमा हुनेछ ।

साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलमा जित हात पार्न सके सेमिफाइनलमा पुग्ने सम्भावना प्रवल रहनेछ । 

त्यस्तै आजै सोहि समयमा हङकङ र मलेसिया पनि खेल्दै छन् ।
 


Leave a Reply

Your email address will not be published. Required fields are marked *