आज विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने, प्राधिकरणको मातातिर्थ कार्यालयले निकाल्यो सूचना

Thankot Times

थानकोट । 

नेपाल विद्युत प्राधिकरणका अनुसार आज काठमाडौं उपत्यकाका तीन स्थानमा विद्युत आपूर्ति नहुने भएको छ ।

प्राधिकारण अन्तर्गतको १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना मातातिर्थका अनुसार स्युचाटार-बालाजु सबस्टेसनको १३२ केभी भोल्टेजको प्रसारण लाइनको पुरानो कन्डक्टर परिवर्तन गर्न परेकाले विद्युत आपूर्ति बन्द हुने भएको हो ।

विद्युत् प्राधिकरणले मंगलबार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ । 

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *