एसीसी प्रिमियर कप: नेपाल समूह विजेता, हङकङ पनि सेमिफाइनलमा

Thankot Times

थानकोट ।

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो ।

गएराती आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो ।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।

यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ ।

समुह बि को समुह चरणका अन्तिम खेल पनि आज हुदै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *