नियमित मर्मतका लागि मनकामना केबुलकार बैशाख ७ गते बन्द रहने

Thankot Times

थानकोट ।

चितवनस्थित मनकामना केबलकार सेवा बैशाख ७ गते शुक्रबार एक दिनका लागि बन्द गरिने भएको छ ।

नियमित मर्मत कार्यका लागि सो दिन केबलकार सेवा बन्द हुन लागेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

बैशाख ८ गते आइतबारबाट भने केबलकार साबिक बमोजीम नै सञ्चालनमा आउनेछ ।

बैशाख ७ गते केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *