एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

Thankot Times

थानकोट ।

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वीको रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाएको छ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल हङ्कङ र ओमानबिच हुनेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । 

अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रतियोगिताको पहिलो संस्करण फाइनलमा नेपालले यूएईलाई नै हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको थियो । 

ओमान समुह बी मा समुह विजेता बनेको छ । ओमानले समुह चरणका चारै खेल जितेर अपराजित रहदै समुह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समुह बी को उपविजेता बनेको छ ।

सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *