लगानी सम्मेलनः चन्द्रागिरि क्षेत्रका तीन योजना सोकेसमा

Thankot Times

थानकोट । 

अर्को साता काठमाडाैंमा हुने लगानी सम्मेलनका लागि तयारी जारी छ ।

सम्मेलनमा १ सय ३५ आयोजना सोकेसमा राखिएपनि हालसम्म लगानी गर्न तयार ११ वटा मात्रै देखिएका छन् ।

 सरकारले लगानी सम्मेलनका लागि प्रस्ताव गरेका चार योजना मात्रै तत्काल लगानीका लागि योग्य देखिएका छन् । निजी क्षेत्रबाट प्रस्ताव गरेका सात आयोजनालाई छाड्ने हो भने सरकारले लगानी सम्मेलनको शोकेसका लागि प्रस्ताव गरेका १ सय २६ आयोजना मध्ये सो संख्याका आयोजना मात्रै तत्कालै लगानी गर्न सकिने खालका छन् ।

बाँकी सबै आयोजनाहरुमा पूर्व तयारीका कार्यहरुसमेत बाँकी रहेका छन् ।

सरकारले प्रस्ताव गरेका कुनै पनि आयोजनाहरु कार्यान्वयनमा लैजान सबैभन्दा पहिलो सम्भाव्यता अध्ययन गर्नुपर्छ । सो अध्ययनमा सभाव्य देखिएपछि विस्तृत सम्भाव्यता अध्ययनको गर्नुपर्छ । उक्त सम्भाव्यतापछि प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनको कार्य हुन्छ । उक्त कार्य सम्पन्न भएसँगै साइट क्लियरेन्सको काम गर्नुपर्छ । त्यसपछि मात्रै लगानीकर्तासँग आयोजना विकास/लगानी सम्झौता (पीडीए) गरेर आयोजनालााई कार्यान्वयनमा लगिने लगानी कोर्डका प्रवक्ता प्रद्युम्न उपाध्याय बताउँछन् ।  

सम्मेलनमा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, मातातिर्थ–डुकुछाप २२० केभी प्रसारण लाइन, थानकोट–चित्लाङ सडक र सुरुङ मार्ग लगायतका योजना सो सम्मेलनमा लगानीकर्ताहरू सामु प्रस्तुत गर्ने तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *