एसीसी प्रिमियर कप: सेमिफाइनल खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट ।

आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदैछन् ।

बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।

समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुनेछ ।

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् ।

यी दुई बीचको खेललाई एसोसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४: १५ बजेदेखि शुरु हुनेछ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *