नागढुङ्गाबाट समातिए रामलोचन र कमल

Thankot Times

थानकोट ।

प्रहरीले नागढुङ्गा नाकाबाट एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ५१ एम्पुल नफुटेको तथा १ सय १४  एम्पुल फुटेको, बुर्फेनोफिन ६ सय ८५ एम्पुल नफुटेको तथा ५५ एम्पुल फुटेको, डाइजेपाम ८ सय ४२ एम्पुल नफुटेको तथा १ सय ४८ एम्पुल फुटेको र नाईट्राभेट ३ हजार ३ सय ८ ट्याबलेटसहित सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले  ना.५ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मुखियालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मुखिया पक्राउ परेको घटनामा थप अनुसन्धानका क्रममा सर्लाही बरहथबा नगरपालिका-११ घर भई काठमाडौं बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारीको समेत संलग्नता रहेको भन्ने खुल्न आएपश्चात् प्रहरीले उनलाई पनि पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *