नेपाल टेलिकममा नवौँदेखि जुनियर टेक्निसियन पदका लागि आवेदन आह्वान

Thankot Times

थानकोट ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो । 

नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन माग गरिएको छ । उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित बैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरी जेठ ३ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *