कतारका शेखले चन्द्रागिरि हिल्स पनि घुम्लान् ? यस्तो छ भ्रमण तालिका

Thankot Times

थानकोट ।

मध्यपूर्वी राष्ट्र कतारका राजा (शेख) तमिम बिन हमाद अल थानी मंगलबार काठमाडाैं आउँदैछन्। 

नेपाल सरकारले कतारका राजाको औपचारिक भ्रमणका अवसरमा भोली (मंगलबार) सार्वजनिक बिदा पनि दिएको छ। आजको मन्त्रीपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

थानी पहिलोपटक नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्केको तथा त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्न लागेका हुन् । 

दुई दिने भ्रमणका क्रममा उनी सोल्टी होटेल बस्ने कार्यक्रम छ। ‘उहाँ ५ बजे साँझ आउँदै हुनुहुन्छ। विमानस्थलबाट सिधै उहाँलाई उच्च सुरक्षाकासाथ सोल्टी होटेल लगिनेछ’, उच्च सुरक्षा स्रोतले भन्यो ।

राजा थानीको नेपाल भ्रमणका हुने कार्यक्रम तालिका भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन् ।

नेपाल भ्रमणमा आउने हरेक भीभीआइपीका लागि रिफ्रेसमेन्टका पहिलो रोजाइ बन्दै गएको चन्द्रागिरि हिल्समा कतारका राजा पनि आउलान् ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *