नेपाल आउने वेस्टइन्डिज ‘ए’ क्रिकेट टोली घोषणा, रोस्टन चेशले कप्तानी गर्ने

Thankot Times

थानकोट। 

क्यारेबीयन मुलुक वेस्टइन्डिजको क्रिकेट बोर्डले रोस्टन चेशलेको कप्तानीमा नेपालसँग खेल्न लागेको पाँच टी-२० खेलका लागि ‘ए’ टोली घोषणा गरेको छ ।

इन्डिज क्रिकेट बोर्डले २०१६ मा टी-२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ ।

दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

नेपालसँग खेल खेल्ने वेस्ट इन्डिजको ए टोली

रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *