सतुगंलस्थित शहरी स्वास्थ्य केन्द्रमा आज निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा आज बिहीबार महिलाहरूका लागि लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।

चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन हुने सो शिविरमा ३० वर्ष उमेर समुहमाथिका महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा स्तन क्यान्सर सम्बन्धी जाँच हुने बताइएको छ ।

एनपीएल समाज कल्याण संस्थाको प्राविधिक सहयोगमा सञ्चालन हुने सो शिविर बिहान १० बजेबाट सुरु हुने चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुगंलका वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *