बचतकर्तालाई थानकोटको जग्गा महँगोमा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

Thankot Times

थानकोट । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालकहरूले बचतकर्ताको ठूलो रकम अपचलन गरेर सडकमा आउन बाध्य पारेपछि अब महँगोमा जग्गा भिडाएर उनीहरूबाटै ठूलो रकम असुलेको फेला परेको छ ।

काठमाडौँमा केन्द्रीय कार्यालय रहेका गौतमश्री, कान्तिपुर, शिवशिखर लगायतका सहकारीहरूले  बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुली धन्दा चलाइरहेको पाइएको हो।

त्यस्ता कतिपय सहकारी संस्थाको नाममा बिचौलियाहरूले जग्गाको कारोबार गरिरहेको पीडित बचतकर्ताले बताएका छन्। 

शिवशिखर सहकारीपीडित सञ्जय महर्जन पनि जग्गा दिने नाममा पीडितहरूमाथि व्यापक ठगी भइरहेको बताउँछन्। उनका अनुसार त्यस्ता बिचौलियाहरूले काठमडौँको थानकोट, हेटौँडा, धुलिखेल लगायतका ठाउँको जग्गा शुरूमा सम्बन्धित सहकारीकै हो भनेर देखाउन लैजान्छन्। तर त्यही जग्गा अन्य सहकारीहरूले पनि देखाइरहेका हुन्छन्। उनीहरू सबैले १० लाख मूल्य पर्ने जग्गालाई ३० लाख भन्ने र त्यसमध्ये पनि ५० प्रतिशत रकम जग्गा लिने व्यक्तिले नै दिनुपर्ने शर्त राख्ने गरेको महर्जन बताउँछन् उकालो अनलाइनमा खबर छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *