बैशाख १६ गते प्रधानमन्त्री दाहाल मातातिर्थ आउनुहुँदै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यहि बैशाख १६ गते आइतबार चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ आउनुहुने भएको छ ।

मातातिर्थस्थित बाैथली चोकमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मर्स्याङ्दी-काठमाडाैं २२० केभी प्रसारण लाइन तथा मातातिर्थ २२० केभी सवस्टेशनको  उद्घाटनका लागि प्रधानमन्त्री दाहाल मातातिर्थ आउने कार्यक्रम तय भएको हो । 

सो कार्यक्रम दिउँसो २ः३० बजेका लागि निर्धारण गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *