राष्ट्रिय महिला भलिबलः लगातार दोश्रो हारसँगै चन्द्रागिरि न्यु डायमण्डको उपाधि यात्रा समाप्त

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । 

शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साबिक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको छ ।

साबिक उपविजेता समेत रहेको एपीएफले डायमण्डलाई २५-१६, २५-१८, १९-१५, २५-१३ र १५-११ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता फाइनलमा स्थान पक्का गरेको छ । 

प्रतियोगिताको उपाधि भिडन्त शनिबार दिउँसो  २ बजे सुरु हुनेछ सो अघि मध्यान्ह १२ बजे तेस्रो स्थानका लागि आर्मी र न्यु डायमण्ड खेल्नेछन्।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र दोश्रो टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *