टी-२० सिरिजः वेस्ट इन्डिजविरुद्ध नेपालको रोमाञ्चक जित, दोश्रो खेल भोलि

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी टी-२० क्रिकेट सिरज अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ ।

नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

रिजको दोस्रो खेल आइतबार हुनेछ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाँचौं खेल मे ४ मा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *