काभ्रेमा मेकअप गर्न गएकी बेहुली विवाहकै दिन टाप, बेहुलीका आमा र दिदी प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर-३ छापडाँडाबाट विवाहकै दिन बेहुली फरार भएकी छन् ।

२६ वार्षिया मन्दिरा थापा मगरको यही बैशाख १४ गते विवाह हुँदै थियो ।

विवाहका लागि धुलिखेल नगरपालिका वडा नम्बर-४ भ्याण्डोलबाट बेहुला लक्ष्मण राना मगर जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुँदै थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थियो ।

जन्ती आउनु अगाडि नै बेहुली थापा मगर भने फरार भएकी हुन्। उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन् ।

उनको मोबाइल अफ छ । बेहुलीको आमा र दिदीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको मदानीबीट्मा खबर छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *