राष्ट्रिय महिला भलिबलःउपाधि एपिएफलाई, चन्द्रागिरि न्यु डायमण्ड तेस्रो

Thankot Times

थानकोट ।

नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि पुलिसले अपेक्षाकृत खेल पस्कन नसक्दा खेल सोझो सेटमा नै सकियो ।

पुलिसले पहिलो र दोस्रो सेटमा एपिएफले बलियो चुनौती पेश गरेपनि तेस्रो सेटमा भने फितलो खेल पस्कियो ।

चन्द्रागिरि न्यु डायमण्डले भने विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले ३-१ को सेटमा जित हासिल गरेको हो ।

उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ । श

शेर बहादुर खड्का स्मृति प्रतिष्ठानकाे आयाेजनामा १२ बैशाखबाट राउन्ड राेविन लिगकाे आधारमा शुरु भएकाे प्रतियोगितामा नेपालका शीर्ष चार महिला भलिबल टाेलीले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *