प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिताः उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका विजयी

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् ।

काठमाडाैं उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिका ए टीम छिमेकी महालक्ष्मी नगरपालिकासँग ट्राइबेकरमा ४-२ ले स्तब्ध बन्यो । खेलको निर्धारित सम दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि नतिजा सडेन डेथमा निकालिएको थियो । जितसँगै महालक्ष्मी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सेमीफाइनल प्रवेशका लागि महालक्ष्मीले बैशाख २१ गते दक्षिणकाली नगरपालिकाको सामना गर्नेछ । दक्षिणकाली बाइ पाउँदै सिधै क्वाटरफाइनलका लागि छानिएको हो ।

प्रतियोगिता अन्तर्गत आइतबार चन्द्रागिरि नगरपालिकाले बागमती गाँउपालिकासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेताले क्वाटरफइनलमा नागार्जुन नगरपालिका र कोज्योसोम गाउँपालिकाबीच हुने खेलको विजेतासँग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *