कीर्तिपुरमा एक पुरुष मृत भेटिए

Thankot Times

थानकोट । 

काठमाडौंमा एकैदिन दुई जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार कुलेश्वर र कीर्तिपुरमा शनिबार १-१ जना पुरुष मृत फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु-२ घर भई काठमाडौँ कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी कीर्तिपुर नगरपालिका-३ खःसी बजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *