सतुगंलमा मध्यरातमा गहनासहितको झोला भेटिएपछि…

Thankot Times

थानकोट । 

प्रहरी प्रभाग बलम्बुले गएराति सतुगंलमा बेवारिसे अवस्थामा फेला पारेको गहना सम्बन्धित धनीलाई बुझाएको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रभाग बलम्बुबाट खटिएको गस्ती टोलीले गए राति करिब ११ः३० बजे सतुगंल खरिबोटस्थित प्रतिक्षालयमा बेवारिसे अवस्थामा झोला भेटेपछि सो को चेक जाँच गर्दा गरगहना फेला परेको थियो । 

सो झोलामा सुनको तिलहरी, कानमा लगाउने टप, चाँदीको औंठी फेला परेको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक आदित्यराज विष्टले जानकारी दिनुभयो ।

झोलामा रहेको परिचयपत्रका आधारमा उक्त सामानहरू काभ्रेका दिपक भुजेलको रहेको पुष्टी भएपछि प्रहरीले ती सामान भुजेललाई हस्तान्तरण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *