चन्द्रागिरि नगर क्षेत्रमा भारी वर्षा, मातातिर्थ औंसी मेला प्रभावित

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रका अधिकांश क्षेत्रमा अहिले भीषण वर्षा भइरहेको छ ।

नगरका दक्षिणी क्षेत्रमा मध्यान्हबाट मेघ गर्जनसहित वर्षा सुरु भएको हाे ।

वर्षाका कारण मातातिर्थ औंसी मेला लाग्ने तयारी भइरहेकोे मातातिर्थ चाैर क्षेत्र जलमग्न भएको छ ।

भाेलि बुधबार चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा मातातिर्थ औंसी मेला लाग्ने तयारी भइरहेको छ ।
चन्द्रागिरि क्षेत्रमा लामाे समयपछि भारी वर्षा भएको हाे ।

वर्षासँगै चन्द्रागिरि नगरका विभिन्न जंगलमा लागेकाे डढेलाे निभ्ने अपेक्षा गरिएको छ । लामाे समयदेखि वर्षा नहुँदा चिन्तित बनेका नगर क्षेत्रका कृषकहरु वर्षासँगै हर्षित बनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *