चन्द्रागिरिमा एक युवा मृत भेटिए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडक पेटीमा आइतबार एक पुरुष मृत फेला परेका हुन्।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मृत फेला परेका ती पुरुषको नाम, थर, वतन खुल्न सकेको छैन् ।

उनको उमेर करिब ३२ वर्ष भएको अनुमान प्रहरीको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *