गोदावरी मेयर कप फुटबलः बागमतीको पोष्टमा चन्द्रागिरिको १० गोल, अविरल र समीरको ह्याट्रिक

Thankot Times

थानकोट। 

शनिबारबाट ललितपुरको गोदावरी नगरपालिकामा सुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले विजयी सुरुवात गरेको छ । 

प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न समुह घ को खेलमा बागमती गाउँपालिकामाथि चन्द्रागिरि नगरपालिकाले १०-० को जित आत्मसाथ गर्यो ।

चन्द्रागिरिको जितमा अविरल रिजालले ४ तथा समिरजंग कार्कीले ३ गोल गरेका थिए । रिजाल खेलको म्यान अफ दि म्याच चुनिए । 

जितसँगै चन्द्रागिरि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनल प्रवेशका लागि अब उसले छिमेकी नागार्जुन नगरको बैशाख २१ गते सामना गर्नेछ । 

 नागार्जुनले आज नै सम्पन्न खेलमा कोन्ज्योस्योम गाउँपालिकामाथि ३-० को सहज जित दर्ता गरेको छ । 

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *