मोबाइल चार्ज गर्नुभयो ? आज चन्द्रागिरि नगरका यी स्थानमा करिब ४ घण्टा विद्युत अवरुद्ध हुने

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरक्षेत्रका केहि स्थानमा आज बैशाख १७ देखि बैशाख २१ सम्म विभिन्न समयमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गत नैकापदेखि बलम्बु क्षेत्रमा आज सोमबार बिहान ११ बजेबाट ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

यसैगरी बैशाख २० गते चन्द्रागिरि नगरपालिकाको नैकापदेखी बलम्बुसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणको भनाइ छ ।

बैशाख २१ गते भने हाइभिजन कोलोनी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।

यी स्थनमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *