बलम्बुमा सडक छेउमा रोकि राखेको गाडीमा आगलागी (भिडियोसहित)

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा एक मिनिबसमा सोमबार बिहान आगो लागेको छ ।

आगलागीबाट सो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्रहरी प्रभाग बलम्बुले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार बलम्बुस्थित चन्द्रागिरि पशु सेवा शाखा नजिकै बा ३ ख ६१७३ नम्बरको मिनिबसमा आगलागी भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीयले सो गाडी करिब २ वर्षदेखी सो सडकमा किनारा लगाएर राखिएको भनेका छन् ।

गाडीमा के कति कारण आगलागी भयो सो बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

उक्त गाडी आगलागीमा कुनै मानवीय क्षति भएको छैन् ।

चन्द्रागिरि नगरपालिकाको दमकल, चन्द्रागिरि नगरप्रहरी, प्रहरी प्रभाग बलम्बुको टोली तथा स्थानीयले सो गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

तस्बिरः रसला श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *