चन्द्रागिरि नगरमा न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीको थालनी

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिकामा न्यायिक समिति व्यवस्थापनका लागि डेडिकेटेड सूचना प्रणालीको थालनी गरिएको छ ।

सोमबार चन्द्रागिरि नगरमा आयोजित एक कार्यक्रमका बीच मेयर घनश्याम गिरीले सो प्रणालीको सुरुवात गर्नुभएको हो ।

अब नगरको न्यायिक समितिबाट सम्पादन हुने सबै गतिविधिमा प्रविधिको प्रयोग हुनेछ ।

सो क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल नगरका कार्यपालिका तथा नगर सभा सदस्यहरू लगायत विभिन्न शाखाका कर्मचारीहरू तथा नगरका मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो ।

रेनोभेसन नेपालसँगको सहकार्यमा चन्द्रागिरि न्यायिक समितिले सो कार्यक्रम संयोजन गरेको चन्द्रागिरि नगरपालिका कानून शाखा प्रमुख चिरन्जिवी खड्काले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *