टी-२० सिरिजः वेष्ट इण्डिज ए सँग आज तेस्रो खेल खेल्दै नेपाल

Thankot Times

थानकोट ।

काठमाडाैं जारी वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ।

खेल मध्यान्ह १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । 

नेपाल र वेष्ट इण्डिज ए ले यसअघि एक-एक खेल जितेका छन् ।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो । 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ ।

टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ । नेपालले टी- २० विश्वकपको टिम सम्भवत: आज नै सार्वजनिक गर्दैछ । आज टी-२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

नेपाली टिममा कप्तान रोहित पाैडेलसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

नेपालले सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *