सुनको मूल्यमा अविश्वसनीय उछाल, तोलाको कति पुग्यो सुनको भाउ?

Thankot Times

थानकोट।

नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ हजार रूपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३३ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १ हजार ६ सय ३० मा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *