चन्द्रागिरि सम्पदा पैदलयात्रा-२०८१ः सबै टिकट सोल्ड आउट !

Thankot Times

थानकोट ।

बैशाख २२ गते शनिबार चन्द्रागिरि नगरपालिकामा आयोजना हुने सम्पदा पदयात्राको सबै टिकट बिक्री भएको आयोजक संस्था चन्द्रागिरि हाइकर्स कम्युनिटीले जनाएको छ ।

सो कार्यक्रमका लागि निर्धारण गरिएका २ हजार २ सय टिकट मध्ये सबै बिक्री भएको कार्यक्रम आयोजकको दाबी छ ।

आयोजक संस्थाका अनुसार चन्द्रागिरि नगरका विभिन्न वडामा रहेका सम्पदाहरू समावेश गरी करिब २२ किलोमिटर दूरीको सम्पदा पैदल यात्रा आयोजनाको तयारी तिब्र बनाइएको छ । जसका लागि पैदल यात्राको रुटमा संकेत चिन्ह राख्ने कार्य समेत तिव्र गतिमा अघि बढिरहेको छ ।

चन्द्रागिरि नगरपालिका लगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा चन्द्रागिरि नगरपालिका क्षेत्रमा पहिलोपटक बृहत् रूपमा सम्पदा पैदलयात्रा आयोजना हुन लागेको हो ।

पैदल यात्रा कार्यक्रम शनिबार बिहान ५ बजे चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भइ नगरका अधिकांश सम्पदास्थल परिक्रमा गरी नैकापस्थित खेलमैदानमा पुगी समापन हुने तालिका छ ।


One thought on “चन्द्रागिरि सम्पदा पैदलयात्रा-२०८१ः सबै टिकट सोल्ड आउट !

  1. चन्द्रागिरिका प्रमुख पहिचान मानिएका भालेश्वर, इन्द्रदह, कालु पाँडे समाधिस्थल, इन्द्रदह किल्ला, कङ्काली मन्दिरजस्ता ऐतिहासिक सम्पदाहरु पदयात्राको रुटमा नपरेको देखियो। यिनलाई पनि समावेश गरेमा सम्पदा पदयात्रा प्रभावकारी होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *