टी-२० सिरिज: नेपाल र वेष्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

Thankot Times

थानकोट ।

पाँच खेलको टी–२० शृङ्खला वेष्ट इन्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। शृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो ।

गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भयो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच मैत्रीपूर्ण खेल भइरहेको हो।विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाई गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ। नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्।

वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *