थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना, एक जनाको मत्यु

Thankot Times

थानकोट ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

शनिबार दिउँसो सो सडकको चन्द्रागिरि-चित्लाङ खण्डमा सडक मर्मतमा खटिएको लोडरले किच्दा एक जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार काठमाडौं सडक डिभिजन कार्यालयको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिँदा सहचालक नुवाकोट लिखु गाउँपालिका वडा ६ घर भएका २८ वर्षीय सागर भण्डारीको निधन भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापामगरले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ ल्याइएको छ ।

लोडर तथा चालक ललितपुर गोदावरी नगरपालिका १२ बस्ने ५६ बर्षीय धर्मभक्त महर्जनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रण लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *