गोदावरीमा मेयर कप फुटबल प्रतियोगिताः काठमाडौं महानगर र मध्यपुर थिमी सेमीफाइनलमा

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका जारी प्रथम उपत्यका व्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार गोदावरी नगरपालिका १० स्थित झ्यालुन्टार रङ्गशालामा सम्पन्न क्वाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५-४ गोल अन्तरले हराउँदै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले अन्तिम चारमा स्थान पक्का गर्यो । 

 मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले समान १-१ गोल गरेका थिए । 

दिपक खेलको म्यान अफ दि म्याच घोषित भए ।

शनिबार नै भएको प्रतियोगिताको अन्तिम क्वाटरफाईनल खेलमा आयोजक गोदावरी नगरपालिकाको बी टिमलाई २-१ गोल अन्तरले स्तब्ध बनाउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

काठमाडौंका लागि दुवै गोल राज पौडेलले गरेका थिए । राज खेलको म्यान अफ दि म्याच भए ।

राजन मर्हजनले गोदावरीका लागि एक गोल फर्काए । 

प्रतियोगिताको सेमीफाइनलमा मध्यपुर र काठमाडाैं महानगरपालिका तथा चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच मंगलबार खेल हुनेछन् । 

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता गोदावरी नगरपालिकाले आयोजना गरेको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *