दोश्रो सान भर्ना एसइइ फुटसल प्रतियोगिता सुरु, ३८ टोलीको सहभागिता

Thankot Times

थानकोट । 

सान इन्टरनेशनल कलेज तथा भर्ना नेपालको आयोजनामा आइतबारबाट दोश्रो सान भर्ना फुटसल प्रतियोगिता सुरु भएको छ । 

बलम्बुस्थित ड्रिमर्स फुटसल एरिनामा सुरु भएको प्रतियोगितामा काठमाडाैं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट ३८ टिमले सहभागिताका लागि नाम लेखाएका छन् । 

माध्यमिक शिक्षा परीक्षा एसइइ दिएर बसेका परीक्षार्थीहरू मात्र सम्मिलित हुन पाउने सो प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रूपैयाँ प्राप्त गर्ने सान इन्टरनेशनल कलेजले जनाएको छ । 

प्रतियोगिताको उपाधि जित्ने टोलीका लागि ५ लाख रूपैयाँ बराबरको छात्रवृत्तिसमेत दिइने कार्यक्रम संयोजक श्रवण कुमार घिमिरेले जानकारी दिनुभयो । उपविजेताले नगद १० हजार रूपैयाँ  तथा टोलीका लागि ३ लाख रूपैयाँ बराबरको छात्रवृत्ति समेत पाउने बताइएको छ ।

पपुलर टिमले १० हजार नगद तथा टोलीका लागि ३ लाख रूपैयाँ बराबरको छात्रवृत्ति समेत पाउनेछ । प्रतियोगिता सोमबार सकिनेछ । 

प्रतियोगितालाई सान क्लबले समेत सहयोग गरेको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *