चन्द्रागिरि नगर लगायत बागमती प्रदेशमा भोलि सोमबार सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को बैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको हो ।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बाग्मती प्रदेशमा बिदा भएपनि भोलि सोमबार शेयर बजारमा भने खुला रहने नेप्सेका प्रवक्ता मुरहरि पराजुली बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *