गाेदावरी मेयर कप फुटबलको उपाधि काठमाडौं महानगरलाई, चन्द्रागिरि २-१ ले स्तब्ध

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले गाेदावरी नगरपालिकामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुुला मेयर कप फुटबल प्रतियोगिताकाे उपाधि जितेकाे छ ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा चन्द्रागिरि नगरपालिकालाई २-१ पराजित गर्दै काठमाडौं महानगरले उपाधि जितेकाे हाे ।

खेलको पहिलो हाफ बिना कुनै गोल सकिएकोमा दोश्रो हाफको ६९ औं मिनेटमा काठमाडौं महानगरका तर्फबाट अखिलेश कार्कीले पहिलो गोल गरेका थिए ।

चन्द्रागिरिका अविरल रिजालले खेलको ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

सो पछि तनावपूर्ण अवस्थामा पुगेको खेलमा काठमाडाैं महनगरका दिपेश श्रेष्ठले गोल गरेपछि खेलमा काठमााडाैं महानगर २-१ ले विजयी भयो । 

प्रतियोगितामा कीर्तिपुर नगरपालिकाका यमन महर्जनले ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । उनले २५ हजार नगद प्राप्त गरे । यसैगरी काठमाडौं महानगरपालिकाका सन्तोष न्योपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । 

प्रतियोगिता विजेता काठमाडौं महानगरपालिकाले पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

ललितपुरको गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा काठमाडौं जिल्लाका ९ स्थानीय तहका ९ टिम, ललितपुर जिल्लाका ४ स्थानीय तहका ५ टिम र भक्तपुरको १ स्थानीय तहबाट १ टिम गरि १५ टिमको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *